काठमाडौंमा ३ वडाको मत गन्न बाँकी, कसको कति?
काठमाडौं महानगरपालिकामा अब तीन वटा वडाको मात्रै मत गणना गर्न बाँकी रहेको छ।
काठमाडौं, जेठ १२ : काठमाडौं महानगरपालिकामा अब तीन वटा वडाको मात्रै मत गणना गर्न बाँकी रहेको छ।
आज बिहान काठमाडौं वडा नं. २९ को मतगणना सम्पन्न भएको छ। अब काठमाडौं १४, १५ र १६ नम्बर वडाको मत गणना मात्रै बाँकी रहेको राष्ट्रिय सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
अहिलेसम्म काठमाडौंका एक लाख ८३ हजार ६७९ मत गणना भएको छ। जसमा मेयरका एक लाख ५४ हजार ८९५ मत सदर भएको जनाइएको छ।
काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ५९ हजार १४९ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन्।
नेकपा (एमाले)का उम्मेदवार केशव स्थापित तेस्रो नम्बरमा छन्। उनले २७ हजार २१८ मत पाएका छन्।
अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमी चौथो नम्बरमा छन्। उनले १३ हजार ३५४ मत पाएका छन्।
पाँचौ नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार मदन दास श्रेष्ठले पाँच हजार ५६५ मत पाएका छन्। विवेकशील साझा पार्टीकी उम्मेदवार समिक्षा बाँस्कोटाले ६३० मत पाएकी छन्।











