Kathmandu Press

गरुडाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसको जित

रौतहट, जेठ १२ : रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा (एमाले) र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।मेयरमा एमालेका कन्थमनिप्रसाद कलवार निर्वाचित भएका...
गरुडाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसको जित

रौतहट, जेठ १२ : रौतहटको गरुडा नगरपालिकाको मेयरमा नेकपा (एमाले) र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

मेयरमा एमालेका कन्थमनिप्रसाद कलवार निर्वाचित भएका हुन्। उनले नेकपा (एकीकृत समाजवादी)का बृजकिशोर प्रसाद यादवलाई ३८ मतले पराजित गरे।

मेयरमा निर्वाचित कलवारले चार हजार ५६४ मत पाए भने प्रतिस्पर्धी एकीकृत समाजवादीका यादवले चार हजार ५२६ मत पाए।

त्यस्तै, उपमेयमार कांग्रेसकी उम्मेदवार पुनम चौधरी निर्वाचित भएकी छन्। उनले ६ हजार ५०३ मत पाइन् भने प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) की बिन्दुकुमारी देवीले चार हजार ४७७ मत पाइन्।

अब देशभरका चार वटा स्थानीय तहको मात्रै मत परिणाम आउन बाँकी छ। अहिलेसम्म ७४९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ।

 

प्रकाशित मिति: ०६:४३ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्