Kathmandu Press

कर्णाली राजमार्गमा बस दुर्घटना, तीन जनाको मृत्यु

सुर्खेत, जेठ १२ : कर्णाली राजमार्गमा गएराति बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।मुगुबाट नेपालगन्जतर्फ जाँदै...
कर्णाली राजमार्गमा बस दुर्घटना, तीन जनाको मृत्यु
फाइल फोटो

सुर्खेत, जेठ १२ : कर्णाली राजमार्गमा गएराति बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

मुगुबाट नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठविस नगरपालिका २ सिस्नेमा दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद शाहले बताए। उनीहरुको सनाखत हुन बाँकी छ।

यात्रुबाहक बस सडकबाट कर्णाली नदी किनारमा खसेको उनले बताए। घाइतेहरुको उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको छ। नौ जनाको स्थानीय स्वास्थ्य चौकी र बाँकीको सुर्खेतमा उपचार भइरहेको उनले जानकारी दिए।

प्रकाशित मिति: ०६:३३ बजे, बिहीबार, जेठ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्