Kathmandu Press

इन्धनको मूल्यवृद्धिबारे छलफल गर्न राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव 

काठमाडौं, जेठ ११ : इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र...
इन्धनको मूल्यवृद्धिबारे छलफल गर्न राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव 

काठमाडौं, जेठ ११ : इन्धनको मूल्यवृद्धिमाथि छलफलको माग गर्दै राष्ट्रिय सभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ। 

राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक देवेन्द्र दाहाल प्रस्तावक रहेको प्रस्तावमा राष्ट्रिय सभा सदस्यहरु भैरवशुन्दर श्रेष्ठ, विमला घिमिरे, शेखर कुमार सिंह समर्थक रहेका छन्। 

पेट्रोलियम पदार्थको मूल्य स्वचालित कार्यविधिअनुसार नेपाल आयात हुने पेट्रोलियम पदार्थको बिक्री मूल्य परल मूल्यबमोजिम १५ दिनमा एकपटक समायोजन गर्न सक्ने प्रावधानविरुद्ध गएर पछिल्लो समय साता दिनभित्रै दुईपटक बढाइएको भन्दै त्यो फिर्ता गर्न उनीहरुले माग गरेका छन्। 

यसअघि प्रतिनिधि सभामा पनि मंगलबार  जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको थियो।

प्रकाशित मिति: २०:४० बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्