Kathmandu Press

क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

अमेरिका, कात्तिक ११ : अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ।

क्यालिफोर्नियाका गभर्....

क्यालिफोर्नियामा भिषण आगलागी, सङ्कटकालको घोषणा

अमेरिका, कात्तिक ११ : अमेरिकाको क्यालिफोर्निया राज्यका केही क्षेत्रमा फैलिएको आगलागीका कारण सङ्कटकालको घोषणा गरिएको छ।

क्यालिफोर्नियाका गभर्नरले राज्य सरकारको तर्फबाट आइतबार सङ्कटकालको घोषणा गरेको अधिकारीहरुले जानकारी दिएका छन्।

Hardik ivf

जङ्गलमा केही समयदेखि लागिरहेको आगो नियन्त्रणमा नआएको र शक्तिशाली हावाहुरी चलिरहेको, बिजुलीका संरचनाहरु जलाउन सक्ने, अन्धकार हुनसक्नेलगायतका कारणले सङ्कटकाल घोषणा गरिएको उनीहरुले बताएका छन्।

सान फ्रान्सिस्को क्षेत्रमा लागेको ‘किनकेड फायर’ नाम दिइएको यस आगलागीका कारण १२ हजार हेक्टर क्षेत्रफल प्रभावित भएको छ। नजिकैको जङ्गलमा लागेको आगो नियन्त्रणमा नआएकाले फैलिँदै बस्तीसम्म आउन सक्ने खतरा देखेर क्यालिफोर्नियाको हेल्डस्बर्ग र विन्डसरका बासिन्दालाई अन्यत्र सारिएको हो।

आगलागीका कारण अहिलेसम्म ५० हजारभन्दा बढी विस्थापित भएको र सयौँ संरचनाहरुमा क्षति पु¥याएको अधिकारीहरुले जनाएका छन्।

ठूलो हावाहुरीका कारण विद्युत प्रसारण लाइनमा झिल्का उत्पन्न हुन सक्ने र जसका कारण डढेलो झनै खतरनाक बन्न सक्ने भएकाले विद्युत सेवा पनि बन्द गर्न लागिएको छ।

उत्तरी क्यालिफोर्नियामा बुधबार शुरु भएको डढेलो नजिकैको बिजुलीको तारमा क्षति पुगेको केही बेरपछि फैलिन थालेको थियो।

आगो निभाउन एक हजारभन्दा बढी अग्निनियन्त्रक र विमानसमेत परिचालन गरिएको अधिकारीले जनाएका छन्। (एएफपी)

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, कात्तिक ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्