चुनावी वाचा नभुल्न जनप्रतिनिधिलाई नेकपा एसको निर्देशन

काठमाडौं, जेठ ११ : नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो दलबाट विजयी जनप्रतिनिधिलाई यही १७ गतेसम्म सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।
पार्टीका महासचिव वेदुराम भुसालले निर्वाचन बिशेष सर्कुलर जारी गर्दै जवाफदेहिता र पारदर्शिता नागरिकको विश्वास आर्जन गर्ने प्रमुख अस्त्र भएकाले पार्टीको तर्फबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिलाई जेठ १७ गतेभित्र आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका हुन् ।
नागरिकको विश्वासप्रति सधैँ इमानदार रहन, नागरिकको हितलाई केन्द्रविन्दुमा राखेर काम गर्न, चुनावको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्न तथा निजी स्वार्थ, अनिमियतता र भ्रष्टाचारबाट मुक्त रहँदै स्वच्छ एवम् सादा जीवनशैली र असल आचरणको अवलम्बन गर्न पनि निर्देशन दिनुभएको छ ।
प्रकाशित मिति: १९:२१ बजे, बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











