Kathmandu Press

आयोगले भन्यो,–बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू 

काठमाडौं, जेठ ११ : राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।आयोगले...
आयोगले भन्यो,–बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू 

काठमाडौं, जेठ ११ : राष्ट्रिय मानव अधिकार आयोगले यौन हिंसा र बलात्कारका घटनाका आरोपितलाई यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

आयोगले आज बुधवार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी र यौन हिंसा तथा बलात्कारका घटनामा अनुसन्धान गरिरहेका प्रहरीसँग छलफल गर्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितले समयमै न्याय पाउने अधिकारको सुनिश्चित गर्न निर्देशन दिएको हो ।

छलफलका क्रममा मानव अधिकार आयोगकी सदस्य लिली थापाले अपराधीलाई उम्कन नदिन तथा पीडित र साक्षीको सुरक्षा गर्न निर्देशन दिए । जवाफमा प्रहरी नायब महानिरीक्षक सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशील रूपमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिएका थिए ।

यसैगरी आयोगले यौन हिंसा र बलात्कारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन सम्बद्ध सबै पक्षसँग आग्रह गरेको छ ।

प्रकाशित मिति: १८:५८ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्