Kathmandu Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको हो : सञ्चारमन्त्री 

काठमाडौं, जेठ ११ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन् । बुधवार मन्त्रिपरिषद्का...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको हो : सञ्चारमन्त्री 

काठमाडौं, जेठ ११ : सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई विस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन् । 

बुधवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभई अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको पनि प्रष्टाएका हुन् । 

मन्त्री कार्कीले नेपालमा ऊर्जाको उत्पादन बढिरहेकाले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए । उनले आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरू पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई विस्थापन गरेर सुन्दर र सफा मुलुकको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

फरक प्रसङ्गमा मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यकताभित्र पर्ने बताए । उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए।


 

प्रकाशित मिति: १८:५० बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्