एक करोड १० लाख बिगो कायम भएका फरार प्रतिवादी पक्राउ
काठमाडाैं, जेठ ११ : बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख रूपैयाँ बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ...
काठमाडाैं, जेठ ११ : बैंकिङ कसुर मुद्दामा एक करोड १० लाख रूपैयाँ बिगो कायम भई फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ नागार्जुन नगरपालिका–१० स्युचाटार बस्ने सर्लाही हरिपुर नगरपालिका–१ ठेगाना भएका ३४ वर्षीय नरेन्द्रप्रकाश सुवेदीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उक्त कसुरमा उच्च अदालत पाटन ललितपुरबाट २०७८ साल फागुन २० गते पक्राउ अनुमतिसमेत जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको पक्राउ गरेको हो। उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त जनसेवा पठाइएको जनाइएको छ।
प्रकाशित मिति: १८:४९ बजे, बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











