Kathmandu Press

उजुरी पर्दैमा सबै दोषी ठहरिँदैनन् : आयुक्त सिलवाल

पोखरा, जेठ ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताउनुभएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा...
उजुरी पर्दैमा सबै दोषी ठहरिँदैनन् : आयुक्त सिलवाल

पोखरा, जेठ ११ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले अधिकारलाई सही रुपमा उपयोग गर्नुपर्ने बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको आयोजनामा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धनसम्बन्धी अन्तरक्रिया’मा अधिकारको दुरुपयोग गर्ने कार्यको नियन्त्रणमा अख्तियार प्रतिबद्ध रहेको बताए। 

'उजुरी विभिन्न किसिमका हुन्छन्, स्थानीय तहलाई प्रत्यायोजन भएको अधिकारको सही उपयोग भएको छ वा छैन र अख्तियार दुरुपयोग भएमा सचेत गराउनाका साथै सूक्ष्म रुपमा अनुसन्धान गरी सही बाटोमा ल्याउन सचेत गराउन आवश्यक रहेको छ,' आयुक्त सिलवालले भने। धेरै प्रकारका उजुरी परे पनि सबै दोषी नठहरिने उनको भनाइ छ। 

'हामीले अख्तियारी गर्ने, जनप्रतिनिधिलाई प्रदत्त अधिकारको दुरुपयोग भएको छ वा छैन अनुसन्धान गर्ने हो, दोषी ठहरिएमा कारबाहीको भागिदार हो भनेर प्रमाणित गर्ने जिम्मा अदालतले गर्छ, हामी सहयोगी हौँ,' उनले भने, 'भ्रष्टाचार नियन्त्रणमा जनप्रतिनिधि सचेत हुनुपर्छ।' आवश्यक परेको खण्डमा अख्तियारले स्थलगत अनुगमनसमेत गर्ने अधिकार प्राप्त भएको उनले बताए। 

जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घलेले सानो जिल्लाको समेत अख्तियारमा उजुरी पर्नु सुखद नभएको बताउनुभयो। घलेले सानो जिल्ला र थोरै जनसङ्ख्या भए पनि विकास निर्माणका कार्यमा उजुरी परेको जानकारी पाएको बताए। यसको नियन्त्रणमा जनप्रतिनिधिहरू सचेत भएर भ्रष्टाचारमुक्त मनाङका स्थानीय तह बनाउनतर्फ लाग्नुपर्ने घलेले बताए। 

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शेरजङ्ग कार्की, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका कार्यालय प्रमुख पार्वती शर्मा, मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भ्रष्टाचारमुक्त जिल्ला र स्थानीय तह बनाउन जनप्रतिनिधिले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए। 

प्रकाशित मिति: १७:४१ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्