मूल्यवृद्धिले मुलुक संकटमा पुगेको देशभक्त जनगणतान्त्रिक मोर्चाकाे भनाइ

काठमाडाैं, जेठ ११ : देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिले मुलुक संकटमा पुगेको जनाएको छ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले पेट्रोलियम पदार्थको निरन्तरको मूल्यबृद्धि र यसको कारण महङ्गी बढेकाले मुलुक संकटमा पुगेको जनाएको हो।
मोर्चाका संयोजक सिपी गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको पुनरावलोकन गर्नुपर्ने बताए। वर्तमान सरकार जनताप्रति जवाफदेही नरहेको र सरकारले कर पनि घटाउन नखोजेको उनको भनाइ छ।
गजुरेलले भारतमा जनतालाई अनुदान दिदा पनि नेपालमा भने सरकारको कुनै तयारी नरहेको तर्क गरे। उनले दलहरु असफल हुँदै गएकाले जनताले बिकल्प खाजेको बताए। त्यस्तै उनले स्थानीय तहको निर्वाचनमा समेत दलहरुप्रतिको जनताको असन्तुष्टि देखिएको उल्लेख गरे।
उनले काठमाडौं लगाएत देशका विभिन्न स्थानमा कम मात्र मत खस्नु चिन्ताको विषय भएको बताए।











