Kathmandu Press

पाँच सचिवको सरुवा, काे कहाँ पुगे?

काठमाडाैं, जेठ ११ : सरकारले पाँच सचिवको सरुवा गरेको छ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका पाँच सचिवहरूको सरुवा गरेको हो।भौतिक...
पाँच सचिवको सरुवा, काे कहाँ पुगे?

काठमाडाैं, जेठ ११ : सरकारले पाँच सचिवको सरुवा गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका पाँच सचिवहरूको सरुवा गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका रवीन्द्रनाथ श्रेष्ठलाई राष्ट्रिय सतर्कता केन्द्रमा पुर्‍याइएको छ।

खानेपानी मन्त्रालयमा रहेका सुरेश आचार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मणिराम गेलाल खानेपानी मन्त्रालय पुर्‍याइएका छन्। 

राष्ट्रिय सतर्कता केन्द्रका सुशीलचन्द्र तिवारी उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय पुगेका छन्। 

गोपालप्रसाद सिग्देललाई नेपाल ट्रस्टको कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ।

प्रकाशित मिति: १६:१२ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्