माओवादीको निष्कर्ष : गठबन्धन सफल भयो, आन्तरिक कमजोरीले माओवादीको सिट कम आयो
काठमाडौं, जेठ ११ : नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा...
काठमाडौं, जेठ ११ : नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व स्थायी समिति सदस्यको बैठकले गठबन्धन सफल भएपनि माओवादी केन्द्रले भने अपेक्षाकृत परिणाम ल्याउन नसकेको निष्कर्ष निकालेको हो।
निर्वाचनअघि माओवादी केन्द्रले कम्तिमा १५० सिट जित्ने आकलन गरेको थियो तर परिणाम त्यस्तो नआएपछि नेताहरुले पार्टीको संगठन र तयारी कमजोर भएका कारण अपेक्षा गरिएअनुसारको परिणाम नआएको निष्कर्ष निकालेको हो।
चुनावको विस्तृत समीक्षाका लागि जेठ २० गते केन्द्रीय समितिको भर्चुअल बैठक बोलाइएको छ। यसअघि जेठ २० मा भौतिक रुपमा केन्द्रीय समिति बैठक बस्दै एमसिसीबारे पार्टीभित्र देखिएको विवाद र पदाधिकारी चयन गर्ने लगायतका विषयमा निर्णय गर्ने भनिएको थियो तर त्यस दिन चुनावी समीक्षा गर्ने गरी बैठक हुने तयारी गरिएको छ।
पदाधिकारी चयन र अन्य विषयमा निर्णय गर्नका लागि आगामी असार महिनामा केन्द्रीय कमिटीको भौतिक बैठक बस्ने बताइएको छ।











