Kathmandu Press

यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउन प्रक्रिया अघि बढिसक्याे : मन्त्री रेग्मी

काठमाडाैं, जेठ ११ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी...
यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउन प्रक्रिया अघि बढिसक्याे : मन्त्री रेग्मी

काठमाडाैं, जेठ ११ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीका लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन्।     

समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्यद तोक्न नहुन’भन्ने विषयमा आज (बुधबार) बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले म्याद खारेजीको लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताइन्। 

मन्त्री रेग्मीले संशोधित कानुनले यौनजन्य अपराधीलाई कानुनी दायरामा ल्याउन सहयोग पुग्ने र पीडितले तत्काल न्याय पाउने विश्वास व्यक्त गरिन्।

ध्यानाकर्षणपत्रमा महिलामाथि हुने यौनजन्य हिंसाको उजुरीका लागि तत्काल हदम्याद हटाउनुपर्ने, उजुरीपछि पीडितले तत्काल न्याय पाउनुपर्ने, कानुनलाई थप मजबुत बनाउन तत्काल संशोधन गरी कार्यान्वयनको चरणमा जानुपर्नेजस्ता विषय छन्। 

फाउन्डेसन अध्यक्ष सङ्गीता श्रेष्ठले नाबालिका, किशोरी तथा महिलाले भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिन्।  

प्रकाशित मिति: १५:५६ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्