Kathmandu Press

कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ, उपमेयरमा एमालेकी खड्का

बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मतसहित मेयर निर्वाचित भएका हुन्। 
कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ, उपमेयरमा एमालेकी खड्का

काठमाडौं, जेठ ११ : उदयपुरको कटारी नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ भने उपमेयर नेकपवा एमालेले जितेको छ । बुधबार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार गठबन्धनबाट कांग्रेसका उम्मेदवार राजेशचन्द्र श्रेष्ठ ६ हजार ४१७ मतसहित मेयर निर्वाचित भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्म्ेदवार कृष्णप्रसाद बरालले ५ हजार ९५२ मत ल्याए । गठबन्धनको निर्णयअनुसार नगरपालिकाको मेयर उम्मेदवार कांग्रेसले पाएपछि माओवादी केन्द्रका बरालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। यहाँ नेकपा एमालेका उम्मेदवार ज्ञानेन्द्र श्रेष्ठ ५ हजार ७१५ मत ल्याए । श्रेष्ठ निवर्तमान मेयर समेत हुन्। 

उपमेयरमा नेकपा एमालेकी गीता खड्का ६ हजार ४१३ मतसहित विजयी भइन् । उनक निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवालले तीन हजार ८२१ मत मात्र पाए ।

१४ वटा वडा रहेको सो पालिकामा ७ वडाध्यक्ष एमाले, ३ वडाध्यक्ष काङ्ग्रेस, २ वडाध्यक्ष स्वतन्त्र, १ वडाध्यक्ष नेकपा ९एकीकृत समाजवादी० र १ वटा नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।
 

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्