नवप्रवेशी गुजरात आईपीएलको फाइनलमा प्रवेश
काठमाडौं, जेठ ११ : ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई पराजित गर्दै नवप्रवेशी गुजराज टाइटन्स फाइनलमा प्रवेश गरेको छ।गएराति भएको पहिलो क्वालिफायरमा गुजरातले...
काठमाडौं, जेठ ११ : ईन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई पराजित गर्दै नवप्रवेशी गुजराज टाइटन्स फाइनलमा प्रवेश गरेको छ।
गएराति भएको पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई सात विकेटले पराजित गरेको हो। राजस्थानले दिएको १८९ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो।
गुजरातका लागि डेविड मिलर ३८ बलमा ६८ रन बनाए। गुजरातलाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो। मिलरले लगातार तीन छक्का प्रहार गर्दै जित दिलाएका हुन्।
गुजरातका लागि हार्दिक पान्ड्या ४०, शुभम गिल र म्याथ्यु वाडेले समान ३५ रन बनाए।
राजस्थानका लागि ओबेद म्याकोय र ट्रेन्ट बोल्टले १–१ विकेट लिएका थिए।
यसअघि ब्याटिङ गरेको राजस्थानले ६ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। राजस्थानका लागि जस बटलरले ८९, सन्जु स्यासमनले ६८ र देवदत्त पाडिक्कलले २८ रन बनाए।
गुजरातका लागि मोहम्मद शामी, यश दयाल, हार्दिक पान्ड्या र साई किशोरले समान १–१ विकेट लिएका थिए।
आज पहिलो इलिमेटर लखउन सुपर जेइन्ट्स र रोयल च्यालेन्जर बेंगलबीच हुनेछ।











