Kathmandu Press

पोखराको मेयरमा धनराज आचार्य निर्वाचित

पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन्।
पोखराको मेयरमा धनराज आचार्य निर्वाचित

पोखरा, जेठ ११ : पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्य निर्वाचित भएका छन्।

आज बिहान सम्पन्न मतगणनाअनुसार, आचार्यले ५८ हजार ८९३ मत पाएका छन्। उनका प्रतिष्पर्धी नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ५२ हजार ८४८ मत पाएका छन्।

उनी पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेदवार बनेका थिए। उनलाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले सघाएको थियो।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ निर्वाचित भएकी छन्। उनले ६० हजार ५४६ मत पाइन्। उनका प्रतिष्पर्धी कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन्।

 

प्रकाशित मिति: ०६:२५ बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्