ललितपुरको मेयरमा चिरीबाबु महर्जन पुनः निर्वाचित
काठमाडौं, जेठ ११ : ललितपुरमा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन पुनः निर्वाचित भएका छन्।गएराति सम्पन्न मतगणना अनुसार महर्जनले ४२ हजार ७२२ मत...
काठमाडौं, जेठ ११ : ललितपुरमा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन पुनः निर्वाचित भएका छन्।
गएराति सम्पन्न मतगणना अनुसार महर्जनले ४२ हजार ७२२ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का हरिकृष्ण ब्यञ्जनकारले २४ हजार ५६० मत पाएका छन्।
उपमेयरमा एमालेकी उम्मेदवार मञ्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले २५ हजार ८४ मत पाएकी छन्। प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाएका छन्।
प्रकाशित मिति: ०६:१४ बजे, बुधबार, जेठ ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











