यी हुन् मतपरिणाम घोषणा हुन बाँकी पालिका
काठमाडौं, जेठ ११ : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न ११ स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी...
काठमाडौं, जेठ ११ : गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न ११ स्थानीय तहको अन्तिम परिणाम आउन बाँकी छ।
निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) का अनुसार ७५३ मध्ये ७४१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। कतिपय पालिकाको मत गणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी छ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशको काठमाडौं महानगरपालिका, गण्डकी प्रदेशको पोखरा महानगरपालिका, प्रदेश १ को उदयपुरको त्रियुगा नगरपालिका र कटारी नगरपालिका रहेका छन्।
त्यस्तै, मधेश प्रदेशको रौतहटको गढीमाई नगरपालिका, गरुडा नगरपालिका र फतुवा विजयपुर नगरपालिका, लुम्बिनी प्रदेशको तुलसीपुर उपमहानगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका रहेका छन्।
सुदूरपश्चिममा बाजुराको बूढीगङ्गा नगरपालिकामा भएको मतदानबारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी छ। आयोगको निर्णयपछि उदयपुरको त्रियुगामा मत गणना शुरु भएको छ।











