Kathmandu Press

काठमाडाैंमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडाैं, जेठ १० : काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन। जारी...
काठमाडाैंमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

काठमाडाैं, जेठ १० : काठमाडौँ महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन। जारी मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेकी छन।

यसैगरी नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत ल्याएका छन। भने उपप्रमुखमा सोही पार्टीका उम्मेदवार सुनिता डङ्गालले ५६ हजार २६८ मत ल्याएर अग्रस्थानमा छिन। उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १९ हजार १५३ मत पाएका छन।

वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, २१, २२, २३, २४, २५, २६, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ।     प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ। अहिले वडा नं १३, १४, १५, १६, १७, १८, १९ र २० को मतगणना कार्य जारी छ। कामपामा हालसम्म एक लाख ५३ हजार ४०४ मतगणना भएको छ।

प्रकाशित मिति: २१:०० बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्