ललितपुर महानगरको मेयरमा दोस्रो पटक चिरिबाबु
काठमाडौं, जेठ १० : ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्।मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्। उनी दोश्रो पटक...
काठमाडौं, जेठ १० : ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन निर्वाचित भएका छन्।
मंगलबार मतगणना सकिएसँगै उनी भारी मतले निर्वाचित भएका हुन्। उनी दोश्रो पटक मेयरमा निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका प्रतिस्पर्धी हरिकृष्ण व्यञ्जनकारलाई पछि पारेका हुन्।
यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्य बज्राचार्य निर्वाचित भएकी छन्। उनले गठबन्धनको तर्फबाट उपमेयर उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई पछि पारेकी हुन्।
उनीहरु निर्वाचित भएतापनि आधिकारिक घोषणा हुन भने बाँकी छ।
प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











