नेपाली फुटबल टोलीको कप्तानी नवयुगले गर्ने

काठमाडौं, जेठ १० : एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालको कप्तानी नवयुग श्रेष्ठले गर्ने भएका छन् ।
कुवेतमा हुने प्रतियोगिताका लागि नेपाली टोली बुधबार कतार जाँदै छ । कतारबाट नेपाली टोली जेठ २१ गते कुवेत जाने छ ।
नेपालले पहिलो खेल यही जेठ २५ गते जोर्डनविरुद्ध, २८ गते कुवेत र ३१ गते इन्डोनेसियाविरुद्ध खेल्ने छ । प्रतियोगिता कुवेतमा हुने छ ।
नेपाली टोली
गोलकिपर : दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा ।
रक्षक : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल ।
मिडफिल्डर : आकाश बुढामगर, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सनिल बल, सुरजज्यु ठकुरी ।
फरवार्ड : आयुष घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनीष डाँगी र नवयुग श्रेष्ठ ।
प्रकाशित मिति: २०:११ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











