Kathmandu Press

मिटर ब्याजको अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाउने सरकारी नीति

काठमाडौं, जेठ १० : सरकारले वित्तीय अपराध, मिटर ब्याजी, साइबर अपराध लगायतका अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको छ...
मिटर ब्याजको अपराध नियन्त्रण गर्न सुरक्षा निकायलाई सक्षम बनाउने सरकारी नीति

काठमाडौं, जेठ १० : सरकारले वित्तीय अपराध, मिटर ब्याजी, साइबर अपराध लगायतका अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको छ ।

आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा यी अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको हो ।  नीति तथा कार्यक्रमको बुँदा नम्बर १३१ मा सरकारले अपराध न्यूनिकरणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने उल्लेख गरेको छ ।

सरकारको प्राथमिकतामा यसअघि पर्न नसकेको मिटर ब्याजको अपराध, साइबर अपराध, वित्तीय अपराध लगायतका केही अपराधलाई नियन्त्रण गर्न नीति तथा कार्यक्रममै व्यवस्था गरेर प्रहरीलाई सक्षम बनाउने बताइएको हो ।

प्रहरीलाई तालिम दिने, आवश्यक जनशक्तिको निर्माण गर्ने, आधुनिक उपकरणको आयात तथा प्रयोग गर्ने लगायतका विषयहरु समावेश हुनेछन् ।  

त्यसैगरी सरकारको नीति तथा कार्यक्रममा नागरिकको जीउधनको सुरक्षा सरकारको प्राथमिकता भन्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । 
 

प्रकाशित मिति: १९:५२ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्