७ घण्टापछि सुरु भयो पोखरामा मतगणना

काठमाडौं, जेठ १० : पोखरा महानगरपालिकामा रोकिएको मतगणना सात घण्टापछि सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकमा गणना बाँकी रहेका तीन वडाको मतगणना सुरु गर्ने सहमति भएको हो ।
बेलुकी ७ बजेर २० मिनेटदेखि पोखरा वडा नम्बर २२, ३२ र ३३ को मतगणना सुरु भएको छ । पोखरा–१८ मा नौ मत हराएको भन्दै मङ्गलवार दिउँसो १२ बजेदेखि नेकपा एमाले रोकेको थियो । त्यसमा कानुनअनुसार प्रक्रिया अगाडि बढाउने र अरू वडाको मतगणना नरोक्ने सहमति भएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
पोखरा–१८ मा खसेको मतभन्दा गणना भएको मत ९ कम थियो । त्यसपछि एमालेले मतगणना भइरहेका वडाका प्रतिनिधिलाई मतगणनास्थलमा नजान भनेको थियो ।
प्रकाशित मिति: १९:३९ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











