Kathmandu Press

काठमाडौंको कीर्तिपुरमा १४ वर्षीया किशाेरी बलात्कृत

काठमाडाैं, जेठ १० : कीर्तिपुर नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। आइतबार राति किशाेरी बलात्कृत भएकी हुन।किशाेरी बलात्कारकाे अभियाेगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५...
काठमाडौंको कीर्तिपुरमा १४ वर्षीया किशाेरी बलात्कृत

काठमाडाैं, जेठ १० : कीर्तिपुर नगरपालिकामा १४ वर्षीया किशोरी बलात्कृत भएकी छन्। आइतबार राति किशाेरी बलात्कृत भएकी हुन।

किशाेरी बलात्कारकाे अभियाेगमा प्रहरीले कीर्तिपुर नगरपालिका–५ पाँगाका २१ वर्षीय विक्की महर्जनलाई पक्राउ गरेकाे छ। मंगलबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको हाे।

किशोरीलाई विवाह गर्छु भनि ललाईफकाई आइतबार राति आफ्नै कोठामा ल्याई महर्जनले बलात्कार गरेको प्रहरीले जनाएको छ।

उक्त घटना भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।      

घटनका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: १९:०० बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्