नीति तथा कार्यक्रम सुधारात्मक कदम : बाबुराम भट्टराई
काठमाडौं, जेठ ११ : पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुधारका थुप्रै विषयहरु...
काठमाडौं, जेठ ११ : पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सुधारका थुप्रै विषयहरु समेटिएको बताएका छन् ।
भट्टराईले संसद् बैठकबाट बाहिरिने क्रममा प्रतिक्रिया दिदैं सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सकारात्मक र सुधारात्मक भएको बताए ।
पूर्वअर्थमन्त्री समेत रहेका भट्टराईले ‘मेरो निजी विचार चाहिँ सुधारात्मक कदम देख्छु,” उनले भने, “कृषिको प्राथामिकताको कुरा छ । संघ, प्रदेश र स्थानीय तहको अधिकार सूचीहरू संविधानमा छन् । तर कानुन बनेको अवस्था छैन । त्यसलाई पनि सम्बोधन गरेको छ ।”
प्रकाशित मिति: १८:५२ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











