नागरिकता विधेयक छिट्टै टुंग्याइने
काठमाडौं, जेठ १० : संसदमा विचारधिन रहेको नागरिकता विधेयक छिट्टै टुंगोमा पु¥याउने सरकारले घोषणा गरेको छ। मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक...
काठमाडौं, जेठ १० : संसदमा विचारधिन रहेको नागरिकता विधेयक छिट्टै टुंगोमा पु¥याउने सरकारले घोषणा गरेको छ। मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले नागरिकता विधेयक छिट्टै टुंग्याउने घोषणा गरेको हो।
सरकारले संसद्मा विचाराधीन नागरिकता विधेयकलाई सहमतिका आधारमा छिट्टै टुंगोमा पुर्याउन पहल गरिने जनाएको छ।
यस्तै, राष्ट्रिय परिचय पत्रलाई तदारुकताका साथ वितरण गरिने पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। राष्ट्रिय परिचय पत्रलाई सबै प्रकारका सेवा प्रवाहमा क्रमशः आबद्ध गर्दै लगिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: १८:४२ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











