Kathmandu Press

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने 

काठमाडौं, जेठ १० : सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा...
सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने 

काठमाडौं, जेठ १० : सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेनाको व्यावसायिक दक्षताको अभिवृद्धि गरिने पनि उल्लेख गरेकी हुन् । सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्पादन गर्ने कारखानाको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सरकारको छ ।

 “सुरक्षा तथा विकासका लागि आवश्यक विष्फोटक पदार्थ, गोली गठ्ठा, लत्ताकपडालगायतको सामग्री उत्तादन गर्ने कारखाको क्षमता अभिवृद्धि गरी त्यस्ता सामग्रीमा आत्मनिर्भर हुँदै जाने नीति लिइनेछ”, राष्ट्रपति भण्डारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा भनिएको छ । 

यस्तै नेपाली सेनाको सकल दर्जाका लागि न्यूनतम सुविधासहितको आवास निर्माणलाई निरन्तरता दिइने जनाइएको छ । 

प्रकाशित मिति: १८:३८ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्