पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाईने
काठमाडौं, जेठ १० : सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाउने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक...
काठमाडौं, जेठ १० : सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण स्वचालित प्रणालीमा आधारित बनाउने नीति लिएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले स्वचालित मूल्य प्रणाली लागू गर्ने योजना बनाइएको बताएकी हुन् । पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई नियमित, सहज तथा लागत प्रभावी बनाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
यस्तै सरकारले खाना पकाउने ग्याँसको विस्थापनका लागि विद्युतको महसुल दरमा पुनरावलोकन गर्ने भएको छ । विपन्न वर्गलाई निशुल्क विद्युत मिटर वितरण गर्ने घोषणा समेत नीति तथा कार्यक्रममार्फत सरकारले गरेको छ ।
प्रकाशित मिति: १८:३५ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











