सरकारले फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने
विभिन्न १२ सहरमा एकीकृत खानेपानी आयोजना र फोहोर पानी व्यवस्थापनकोे विस्तृत अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा भनिएकाे छ।
काठमाडौं, जेठ १० : सरकारले फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई आवश्यक प्राविधिक सहयोग गर्ने घोषणा गरेको छ।
मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा फोहोर व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा १०० स्थानीय तहलाई सरसफाइसम्बन्धी गुरुयोजना ल्याउन सहयोग गरिने उल्लेख छ।
विभिन्न १२ सहरमा एकीकृत खानेपानी आयोजना र फोहोर पानी व्यवस्थापनकोे विस्तृत अध्ययन गरिने पनि नीति तथा कार्यक्रममा भनिएकाे छ।
काठमाडौं सार्वजनिक यातायात सदृढ र व्यवस्थित बनाउन काठमाडौं उपत्यकाका स्थानीय तहसँग सहकार्य र साझेदारी गरी एकीकृत सार्वजनिक यातायात योजना कार्यान्वयन गरिने पनि नीति तथा कार्यक्रममा जनाइएको छ।
प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











