Kathmandu Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउने, सोलुखुम्बुको फाप्लुमा अन्तर्राष्ट्रिय रंगशाला

काठमाडाैं, जेठ १० : धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउने भएको छ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाल निर्माणलाई सरकारले...
गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउने, सोलुखुम्बुको फाप्लुमा अन्तर्राष्ट्रिय रंगशाला

काठमाडाैं, जेठ १० : धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण थालेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला सरकारले बनाउने भएको छ।  गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाल निर्माणलाई सरकारले नीति तथा कार्यक्रममै समावेश गरेको छ।

फाउन्डेसले रंगशालामा निर्माण थालेपनि निर्माण सम्पन्न गर्न असफल भएपछि सो रंगशालामा भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण नीति तथा कार्यक्रममा समावेश गरेपछि रंगशालामा निर्माणले गति पाउने देखिएको छ।

यस्तै, सरकारले सोलुखुम्बो फप्लुमा पनि अन्तर्राष्ट्रि क्रिकेट रंगशाला बनाउने घोषणा गरेको छ।

खेलकुद विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने र प्रदेशमा खेलग्राम बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्