Kathmandu Press

आगामी आर्थिक वर्षकाे बजेटमा कृषि क्षेत्रका लागि विशेष व्यवस्था गरिने

काठमाडौं, जेठ १० : सरकारले आगामी आर्थिक वर्ष बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ ।मंगलबार संघीय सभाको संयुक्त सभामा राष्ट्रपति विद्यादेवी...
आगामी आर्थिक वर्षकाे बजेटमा कृषि क्षेत्रका लागि विशेष व्यवस्था गरिने

काठमाडौं, जेठ १० : सरकारले आगामी आर्थिक वर्ष बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने बताएको छ ।

मंगलबार संघीय सभाको संयुक्त सभामा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेको नीति तथा कार्यक्रमअनुसार आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रलाई विशेष व्यवस्था गरिने भएको हो।

कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकका रूपमा अघि बढाइने, यसका लागि नयाँ राष्ट्रिय कृषि नीति तर्जुमा गर्दै कृषिमा यान्त्रिकीकरण र व्यवसायीकरण गर्दै र खेतीमा जलवायु अनुकूल प्रविधिको प्रवर्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। 

आगामी वर्षको बजेटमार्फत कृषि क्षेत्रको आधुनिकीकरण गरेर आर्थिक वृद्धिको आधारलाई बलियो बनाइने, कृषि उत्पादन बढाउने, बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति लिन विशेष व्यवस्था गर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले नेपालमा सबैभन्दा धेरै आयात हुने धान मकै, आलु, प्याज, ओखरजस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन गर्न विशेष कार्यक्रम अघि बढाइने उल्लेख गरिन्।

कृषिमा सूचना प्रणाली अपनाइने र कृषकको संरक्षण गर्ने नीति लिने पनि बताइएको छ।

बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम सम्बोधन गरिरहेकी छन्। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए।

सरकारले नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षका लागि यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ। 

प्रकाशित मिति: १७:४९ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्