‘सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने’
काठमाडौं, जेठ १० : सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने भएको छ। सामाजिक सञ्जाललाई कानुनी र करको दायरामा ल्याउने विषयलाई सरकारले आव २०७९/०८०को...
काठमाडौं, जेठ १० : सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याइने भएको छ। सामाजिक सञ्जाललाई कानुनी र करको दायरामा ल्याउने विषयलाई सरकारले आव २०७९/०८०को नीति तथा कार्यक्रममा नै समावेश गरेको छ।
सरकारले यसअघि सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने गरी कार्यविधि जारी गरे पनि त्यसलाई पूर्ण रुपमा लागू गर्न सकेको छैन। सामाजिक सञ्जालमा नेपालबाट गरिने विज्ञापनबाट ठूलो मात्रामा डलर बाहिरिन थालेपछि सरकारले त्यसलाई नियमन र नियन्त्रण गर्न खोजेको हो।
सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गैरसकारी संस्थाको दर्ता तथा नियमनका लागि कानुन जरुरी रहेको उल्लेख गरेको हो। यसैगरी गैरसरकारी संस्थाका कामको अनुमगन गरिने पनि बताइएको छ।
सामाजिक संघ संस्थाको पारदर्शितालाई प्रभावकारी बनाउन राष्ट्रिय आवश्यकताका क्षेत्रमा काम गर्न प्रोत्साहित गरिने बताइएको छ। अन्तराष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रमलाई समेत अनुगन गरेर नियमन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।











