Kathmandu Press

लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटन केन्द्र बनाइने

काठमाडौं, जेठ १० : सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ। मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा...
लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटन केन्द्र बनाइने

काठमाडौं, जेठ १० : सरकारले लुम्बिनी, पशुपति र जनकपुरलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ। 

मंगलबार संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने नीति सरकारले लिने जानकारी दिइन्।

नेपालको इतिहास, कला, संस्कृति एवं अन्य मौलिक विशेषता समेटिएको बृहत संग्रहालय निर्माण गर्नुका साथै ताप्लेजुङ, दार्चुला ग्रेट हिमालय ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

बराहक्षेत्र, चतराधाम, र रामधुनी क्षेत्र तथा कोशीटप्पु वन्यजन्तु आरक्षण समेटेर बृहत धार्मिक, सांस्कृतिक, पर्यापर्यटन केन्द्रका रूपमा विकास गर्न एकीकृत कार्यक्रम सरकारले ल्याउने जानकारी पनि राष्ट्रपति भण्डारीले बताइन्।

प्रकाशित मिति: १७:२४ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्