घरजग्गा कारबारमा कडाइ गरिने, व्यक्तिगत रूपमा काराेबार गर्न नपाइने
सरकारले विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। अब व्यक्तिगत रुपमा घरजग्गा काराेबार गर्न पाइने छैन।
काठमाडौं, जेठ १० : सरकारले घरजग्गाको कारोबारमा कडाइ गर्ने भएको छ। सरकारले आव २०७९/८०को नीति तथा कार्यक्रममार्फत घर–जग्गा कारोबारमा कडाइ गर्ने उल्लेख गरेको छ।
सरकारले विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था लागू गर्ने तयारी गरेको छ। अब व्यक्तिगत रुपमा घरजग्गा काराेबार गर्न पाइने छैन। घर जग्गामाथिको लगानी अनुत्पादक क्षेत्र भएको भन्दै सरकारले यसलाई रोक्ने यस्तो नीति ल्याएको हो।
संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले नीति तथा कार्यक्रममा नापजाँच गर्न छुट भएका जग्गा धनीलाई जग्गाधनी पूर्जा उपलब्ध गराइने बताइन्। उनले देशभरका सामुदायिक र गुठी जग्गाको विद्युतीय प्रणालीमा रेकर्ड राख्ने व्यवस्था मिलाउने पनि उल्लेख गरिन्।
प्रकाशित मिति: १७:१६ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











