Kathmandu Press

गरिब परिवारलाई ‘सुविधा परिचयपत्र’ !

आब २०७९/०७०को नीति तथा कार्यक्रम मार्फत सरकारले गरिब तथा विपन्न परिवारलाई ‘सुविधा परिचयपत्र’ दिने घोषणा गरेको हो।
गरिब परिवारलाई ‘सुविधा परिचयपत्र’ !

काठमाडाैं, जेठ १० : सरकारले पहिचान भएका गरिब तथा विपन्न घरपरिवारलाई राज्य सुविधा परिचयपत्र दिने भएको छ। आब २०७९/०८०को नीति तथा कार्यक्रम मार्फत सरकारले गरिब तथा विपन्न परिवारलाई ‘सुविधा परिचयपत्र’ दिने घोषणा गरेको हो।

गरिब तथा विपन्न घर–परिवारलाई लक्षित सेवा सुविधा प्रदान ‘सुविधा परिचयपत्र’का आधारमा वितरण गरिन् संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उल्लेख गरिन्।

हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचांकमा पछाडि परेका अन्य जिल्लामा विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

त्यस्तै राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याइने पनि सरकारले घोषणा गरेको छ ।

प्रकाशित मिति: १७:०० बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्