Kathmandu Press

दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारकाे घाेषणा

काठमाडौं, जेठ १० : सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताएको छ।आज (मंगलबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त...
दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने सरकारकाे घाेषणा

काठमाडौं, जेठ १० : सरकारले दुई वर्षभित्र भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने बताएको छ।

आज (मंगलबार) राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएकी हुन्।

उनले पेस गरेको नीति तथा कार्यक्रममा मुक्त कमैया र मुक्त हुन बाँकी हरुवाचरुवाका लागि स्थानीय तहले रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने पनि उल्लेख छ।

राष्ट्रिय निकुञ्ज छेउछाउ र नदी किनारका विपन्नका लागि लक्षित कार्यक्रम सञ्चालनमा ल्याउने योजना पनि सरकारले अघि सारेको छ।

जग्गा नापजाँचमा छुटेका जग्गाको जग्गाधनी पूर्जा उपलब्ध गराउने, भू उपयोग नीति र कानुन अनुसार भूमि वर्गीकरण गरी संघ, प्रदेश र स्थानीय तहको भू उपयोग योजना तयार गर्ने घोषणा पनि सरकारले गरेको छ ।

आयोजनाका लागि जग्गा प्राप्ति सहज बनाउन र तोकिएको उद्योगका लागि हदबन्दीको सीमा पुरावलोकनका लागि कानुनी सुधार गर्ने पनि नीति तथाकार्यक्रममा उल्लेख छ। सरकारले भूमिको खण्डीकरण रोक्ने नीति लिने पनि राष्ट्रपति भण्डारीले बताइन्।

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्