प्रधानमन्त्री रोजगार कार्यक्रम पुन:संरचना गरिने
काठमाडौं, जेठ १० : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुन:संरचना गर्ने भएको छ।आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति...
काठमाडौं, जेठ १० : सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुन:संरचना गर्ने भएको छ।
आज (मंगलबार) संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनःसंरचना गर्ने उल्ले गरिएकाे छ।
सो कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
प्रकाशित मिति: १६:४१ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











