काठमाडौं महानगर वडा २२ मा एमालेका महर्जन विजयी

काठमाडौं, जेठ १० : काठमाडौं महानगरपालिका–२२ मा एमालेका चिनीकाजी महर्जन अध्यक्ष पदमा विजयी भएका छन्।
महर्जन नेपाली कांग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा विजयी भएका हून्।
महर्जनले दुई हजार ६० मत प्राप्त गर्दा तण्डुकारले एक हजार ४७८ मत प्राप्त गरेका छन्। त्यसैगरी वडा सदस्यमा कांग्रेसका उम्मेदवार अनिल हाडा र चन्द्रमान तुलाधर विजयी भएका छन्।
महिला सदस्यमा कांग्रेसको तर्फबाट ललिता खड्गी र दलित महिला सदस्यमा एमालेको गीता परियार यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।
कामपामा हालसम्मा एक लाख ४५ हजार ३६२ मत गणना गर्दा पाँच हजार ६४३ मत बदर भएको मुख्य निर्वाचन अघिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति: १५:४१ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1755255383.jpg)
