आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित
काठमाडौं, जेठ १० : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम पारित गरेको छ।मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नीति...
काठमाडौं, जेठ १० : सरकारले आगामी आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम पारित गरेको छ।
मन्त्रिपरिषद्को आज (मंगलबार) बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित गरेको महिला तथा बालबालिकामन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
उना अनुसार मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको उक्त नीति तथा कार्यक्रम साँझ ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गर्नेछिन्।
संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते बजेट ल्याउने व्यवस्था छ।
प्रकाशित मिति: १५:०५ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











