मूल्यवृद्धिविरूद्ध छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं, जेठ १० : पछिल्लो समय इन्धनको गरिएकाे भारी मूल्यवृद्धिबारे चौतर्फी आलोचना भइरहेका बेला त्यसबारे संसदमा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संसदमा उक्त प्रस्ताव दर्ता गराएका हुन्।
उक्त प्रस्तावका प्रस्तावक एमालेका प्रमुख सचेतक विशाल भट्टराई रहेका छन्। एमालेका यज्ञराज सुनुवार र गणेशकुमार पहाडी, राप्रपाका राजेन्द्रप्रसाद लिङदेन र जनमोर्चाकी दुर्गा पौडेलले उक्त प्रस्तावमाथि समर्थन जनाएका छन्।
इन्धनको मूल्यवृद्धिबारे छलफल गर्न आवश्यक ६ तर्क प्रस्तावमा उल्लेख छ।
प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











