Kathmandu Press

विवादले रोकिएको त्रियुगा नगरको मतगणना आजबाट सुरु

काठमाडाैं, जेठ २० : उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना आज (मंगलबार) सुरु भएको छ। पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा...
विवादले रोकिएको त्रियुगा नगरको मतगणना आजबाट सुरु

काठमाडाैं, जेठ २० : उदयपुर जिल्लामा मतदान विवादले रोकिएको त्रियुगा नगरपालिकाको मतगणना आज (मंगलबार) सुरु भएको छ। 

पुनः मतदान गराउने कि मतगणना गर्ने विवादमा निर्वाचन आयोगको बैठकले मतगणना गर्नु भनेर निर्णय गरेको हो। केन्द्रबाट आयोगको निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा प्राप्त भएकाले मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवाले जानकारी दिए।

त्रियुगा नगरपालिका वडा नम्बर १२ मा मतदान विवाद हुदाँ त्रियुगा नगरपालिकाको मतगणना हुन सकेको थिएन। मतदान विवादले मतगणना प्रभावित बनेपछि निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीलाई उदयपुरको विवादको अध्ययन गर्न खटाइएको थियो।

आयुक्त भण्डारीले उदयपुर पुगेर राजनैतिक दल, मतदानमा खटिएका कर्मचारीका साथै स्थानीयसँग राय लिएपछि आयोगले मतगणना सुरु गर्ने निर्णय भएको थियो।

वैशाख ३० गते अपरान्ह करिव साढे ४ बजेसम्म भएको मतदानमा करिव ५४ प्रतिशत मत खसेकोमा पानी परेपछि स्थगीत भएको मतदान पुन सुरु हुन नसक्दा विवाद भएको थियो।

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्