सुनुवाइ समितिद्वारा श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
काठमाडाैं, जेठ १० : संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ।सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका...
काठमाडाैं, जेठ १० : संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ।
सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
समितिले सरकारले सिफारिस गरेको २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने क्रममा दुई जनामाथि भने गम्भीर प्रकृतिको उजुरी आएको भन्दै अध्ययन समिति बनाएको थियो।
उजुरी अध्ययन गर्ने क्रममा कुनै औचित्य नदेखिएपछि मिश्र र रायको नाम अनुमोदन गरिएको सभापति कर्णले बताए।
यसअघि समितिले विभिन्न देशका लागि प्रस्तावित १८ राजदूतहरुको नाम अनुमोदन गरिसकेको छ।
प्रकाशित मिति: १३:४७ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











