विप्लव माओवादीका हड्तालका कारण आज देशभरका स्कुल बन्द
काठमाडौं, माघ २४ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको शैक्षिक हड्तालका कारण आज देशभरका विद्यालयहरु बन्द भएका छन् ।&n....

काठमाडौं, माघ २४ : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादीको शैक्षिक हड्तालका कारण आज देशभरका विद्यालयहरु बन्द भएका छन् ।
विप्लव माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीले शैक्षिक क्षेत्रका विभिन्न माग राखेर शैक्षिक हड्ताल गरेको हो ।
स्कुल बन्द हुदा देशभरका झण्डै ७५ हजार विद्यार्थीहरु प्रभावित भएका छन् ।
पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको विरोधमा क्रान्तिकारीले स्कुल र कलेज बन्द आह्वान गरेको बताइएकाे छ ।
प्रकाशित मिति: ०९:३२ बजे, बिहीबार, माघ २४, २०७५
प्रतिक्रिया दिनुहोस्
थप समाचार











