एमालेका प्रतिनिधि नबसेपछि राेकियाे पोखराको मतगणना
पोखरा, जेठ १० : पोखरा महानगरको मतगणनामा स्थगित भएको छ।एमालेका प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थिगत भएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले जनाएको छ।वडा २२,...
पोखरा, जेठ १० : पोखरा महानगरको मतगणनामा स्थगित भएको छ।
एमालेका प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थिगत भएको मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले जनाएको छ।
वडा २२, ३२ र ३३ को मतगणना जारी रहेका बेला एमाले प्रतिनिधि बस्न नमानेपछि गणना रोकिएको जनाइएको छ।
एमालेले पोखरा महानगरपालिका–१८ र ३१ मा पुनः मत गणना गर्न माग गरेर मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ।
वडा १८ मा ९ र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणनाको माग राखेको हो।
पोखरा महानगरको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता बढाउँदै लगेका छन्। उनका निकटतम प्रतिद्वन्द्वीका रूपमा एमालेका कृष्ण थापा छन्।
प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











