Kathmandu Press

ललितपुर महानगरमा कांग्रेसका चिरिबाबुकाे जित सुनिश्चित, आज साँझसम्म नतिजा आउने

गन्न बाँकी मत निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तरभन्दा कम रहेकाले उनको जित सुनिश्चित भएको हो।  
ललितपुर महानगरमा कांग्रेसका चिरिबाबुकाे जित सुनिश्चित, आज साँझसम्म नतिजा आउने

काठमाडौं, जेठ १० : स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।

ललितपुर महानगरमा ८५ हजार ८ सय ६१ मत खसेकोमा ८२ हजार ४० मत गनिसकिएको छ। गठबन्धनका तर्फबाट ललितपुर मेयर उम्मेदवार कांग्रेसका चिरिबाबा महर्जनको जित सुनिश्चित भएको छ। 

गन्न बाँकी मत निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तरभन्दा कम रहेकाले उनको जित सुनिश्चित भएको हो।   

पछिल्लो मतपरिणामअनुसार महर्जनले ४० हजार २ सय ६३ हजार मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले २३ हजार ८ सय १० मत पाएका छन्।

त्यसैगरी उपप्रमुखमा एमालेकी मन्जली शाक्यले २४ हजार १३९ मत पाएकी छन्। गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी उमेदवार बाबुराज बज्राचार्यले १८ हजार ११ मत ल्याएका छन्। मन्जलीको जित पनि सुनिश्चित भएको छ।

प्रकाशित मिति: १२:५८ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्