तुलसीपुर उपमहानगरमा ११ सय मतान्तरसहित एमालेको अग्रता
दाङ, जेठ १० : दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। प्रमुख पदमा एमालेका टीकाराम खड्का एक हजार ६५० मतले अगाडि छन्।उनले हालसम्म...
दाङ, जेठ १० : दाङकाे तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। प्रमुख पदमा एमालेका टीकाराम खड्का एक हजार ६५० मतले अगाडि छन्।
उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गर्नुभएको छ।
उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ। एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहनुभएको छ भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गर्नुुभएको छ। उनीहरुबीच ७ हजार २३९ को मतान्तर रहेको छ।
तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले वडा १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी हुनुभएको घोषणा गर्न बाँकी छ।
यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो। उपमहानगरमा १ लाख १ हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका थिए।











