Kathmandu Press

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडाैं, जेठ १० : प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ।समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी...
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

काठमाडाैं, जेठ १० : प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ।

समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले जानकारी दिनुभयो।

बैठकमा सिक्टा, रानीजमरा र भेरी बबइ आयोजना अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदन पनि पारित भएको छ। यसैगरी वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यदलले पेश गरेको प्रतिवेदन पनि समिति बैठकमा छलफल गरी पारित गरिएको छ।

बैठकमा समिति सभापति पूर्णाकुमारी सुवेदी, सांसदहरु दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, शक्तिबहादुर बस्नेत, राधा ज्ञवाली, राजबहादुर बुढा, सत्यनारायण शर्मालगायतले अध्ययन कार्यदलले पेस गरेको प्रतिवेदनमा सुझाव दिएका थिए।

समिति बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको हो। २०७८ मा संसद् विघटन र २०७७ कोरोना महामारीका कारण वार्षिक प्रतिवेदन बनाउन नसकिएको समितिले जनाएको छ।

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्