Kathmandu Press

दोस्रो कार्यकालमा भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु : रेणु

चितवन, जेठ १० : दोस्रोपटक भरतपुर महानगर मेयर बनेकी रेणु दाहालले आफ्नो दोस्रो कार्यकालमा भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन्।भरतपुरमा आज...
दोस्रो कार्यकालमा भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्छु : रेणु

चितवन, जेठ १० : दोस्रोपटक भरतपुर महानगर मेयर बनेकी रेणु दाहालले आफ्नो दोस्रो कार्यकालमा भरतपुरलाई स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताएकी छन्।

भरतपुरमा आज (मंगलबार) पत्रकारहरुसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा अधुरा रहन गएका काम पूरा गर्नुका साथै शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन्।

आफ्नो तर्फबाट भरतपुरवासीका लागि योगदानमा कुनै कमी आउन नदिने उल्लेख गर्दै कसैलाई निरास हुन नदिने उनको भनाइ थियो। ‘अब हामी मतदाताले दिएको जिम्मेवारी पूरा गर्नतिर लाग्ने छौं,’ उनले भनिन्। 

गठबन्धनमा रहेका दलहरु इमान्दार भएको उनले बताइन्। आफूलाई हराउन विपक्षीहरुले ठुला योजना बुने पनि भरतपुरमा असफल भएको उनको भनाइ थिया। उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताइन् ।

यस्तै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी चित्रसेन अधिकारीले महानगरको चौतर्फी विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

प्रकाशित मिति: १२:१० बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्