Kathmandu Press

पोखरा महानगर वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग

पोखरा, जेठ १० : एमालेले पोखरा महानगरपालिका–१८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ।वडा १८ मा ९ र ३१ मा...
पोखरा महानगर वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग

पोखरा, जेठ १० : एमालेले पोखरा महानगरपालिका–१८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ।

वडा १८ मा ९ र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मतगणनाको माग राखेको हो।

त्यसका लागि मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिइएको एमाले पोखरा महानगर कमिटीले जनाएको छ।

वडा ३१ को नतिजा सोमबार आए पनि वडा १८ को नतिजा भने आज (मंगलबार) आएको थियो। ती दुवै वडामा एमाले पराजित भएको थियो।

वडा ३१ र वडा १८ कांग्रेसका क्रमशः ढकनाथ कँडेल र शिवप्रसाद तिमिल्सिनाले जित हात पारेका छन्।

प्रकाशित मिति: ११:४७ बजे, मंगलबार, जेठ १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्